संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तर कर्मकाण्डी मै सिमित : सांसद भट्टराई
वि.सं.२०८० जेठ ५ शुक्रवार ०७:१६
shares

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको जवाफ कर्मकाण्डी र स्पष्ट नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा भट्टराईले प्रश्नोत्तर प्रत्यक्ष हुनुपर्ने बताउँदै कर्मकाण्डी र स्पष्ट नभएको बताएका हुन् ।
‘संसद्को प्रश्नोत्तर कार्यक्रम नै जीवन्त छैन । प्रश्न पहिले सोधेर उत्तर पछि ल्याएर चाहिँ जीवन्त हुँदैन,’ सचिव भट्टराईले भने, ले भने, ‘प्रश्नोत्तर लाइभ जीवन्त हुनुपर्छ । माननीयहरूले त्यहीँ सोध्ने र प्रधानमन्त्रीले त्यहीँ जवाफ दिने गर्नुपर्छ । त्यो भए मात्रै यो आकर्षक हुन्छ । नत्र यो कर्मकाण्डी भयो ।’
कर्मकाण्डी प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले केही गलत तथ्यांक ल्याएको दाबी पनि उनले गरेका छन् । उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो कर्मकाण्डी कामलाई पूरा गर्नुभयो । प्रधानमन्त्रीको स्पष्ट जवाफ छैन । शरणार्थी प्रकरणमा अनुसन्धानमा उच्च पदस्थ र अरु मान्छेलाई जोगाउने कुरा आएको त्यो कुरामा प्रधानमन्त्री वा गृहमन्त्रीले यो केसमा मात्रै जवाफ दिनुपर्छ भनिरहेका छौं ।’






































