गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कच्चा तेलको मूल्यमा भारी गिरावट

143
shares

अमेरिका र इरानबीच सैन्य कारवाहीमा अस्थायी विरामसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा अप्रत्याशित गिरावट आएको छ । विश्व तेल बजारमा आज एप्रिल ८ यताकै सबैभन्दा ठूलो गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

विश्वव्यापी बेञ्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य ११.३ प्रतिशतले घटेर प्रति ब्यारेल ८५.८७ डलरमा बन्द भएको छ । अमेरिकी कच्चा तेलको मूल्य पनि करिब ७ प्रतिशतले घटेर प्रति ब्यारेल ८२.६१ डलरमा झरेको छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको शासनबाट आएको अनुरोधका आधारमा अमेरिकाले इरानमाथिको हमला रोकेको बताएका छन् । यद्यपि, यदि नयाँ युद्धविराम सम्झौता नभएमा अमेरिकाले पुनः आक्रमण शुरू गर्ने चेतावनी पनि उनले दिएका छन् ।

युद्धअघिको सामान्य अवस्थाको तुलनामा होर्मुज जलमार्ग हुँदै हुने जहाजको आवतजावत अझै पनि निकै कम छ ।युद्धअघिको सामान्य समयमा दैनिक करिब १०० वटा व्यावसायिक जहाजहरू जलमार्ग भएर आवतजावत गर्ने गर्दथे । तर, हाल जलमार्गबाट १० वटाभन्दा कम वस्तुवाहक जहाजहरू मात्र पार गरेको सीएनएनले जनाएको छ ।

इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरको प्रवेशद्वार मानिने बाब अल-मान्देब स्ट्रेटमा साउदी अरेबियाका ट्यांकरहरूमाथि आक्रमण गर्ने खतरा कायमै रहेकाले तेल व्यापारीहरू अझै पनि सशंकित र सतर्क अवस्थामा छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports