सरकारले घोषणा गरेको निति तथा कार्यक्रम कर्मकाण्डी मात्र : अध्यक्ष ओली
वि.सं.२०८० जेठ ६ शनिवार ०७:३९
shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी जस्तो भएको बताएका छन्।शुक्रबार संसद भवन बाहिर पत्रकारले सोधेको प्रश्नमा उनले नीति तथा कार्यक्रम कर्मकाण्डी जस्तो लागेको बताएका हुन्।
सरकारको नीति तथा कार्यक्रम कस्तो लाग्यो भनेर प्रश्न गर्दा ओलीले पहिला त पर्सि बोल्छु भने तर पत्रकारले दोहोर्याएर सोधेपछि उनले भने, ‘कर्मकाण्डी खालको जस्तो लाग्यो।’ राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
नयाँ आर्थिक वर्षको बजेट ल्याउनुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउने गर्छ। नीति तथा कार्यक्रममा आधारित भएर नयाँ बजेट आउँछ।




































