एमाले अध्यक्ष ओलीले भोली संसदमा सम्वोधन गर्ने
वि.सं.२०८० जेठ ६ शनिवार १७:४२
shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोलिको प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने भएका छन्।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि छलफल सुरु हुनुअघि ओलीले संसद्मा आफ्नो धारणा राख्न लागेका हुन्। पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै पार्टी संसदीय दलको तर्फबाट नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा राख्ने बताए।



































