kumari
stcnepal

आज विश्व मुटु दिवस देशभर मनाइँदै

काठमाडौ । हरेक वर्ष सेप्टेम्बर २९ तारिखमा विश्वभर मुटु दिवस मनाइन्छ । यसवर्ष ‘युज हर्ट टु कनेक्ट’ भन्ने नाराका साथ मुटु दिवस मनाइँदैछ । सन् २०२१ को विश्व मुटु दिवसले भावना र मानवीयतालाई जोड्ने उद्देश्य लिएको छ । अझ कोभिडपछिको विश्वमा डिजिटल जानकारी र उपचार पद्धतिलाई यस वर्ष विशेष महत्व दिइएको छ ।

मुटु स्वस्थ राख्नका लागि अपनाउनुपर्ने सावधानीका बारेमा विभिन्न सचेतनामुलक सन्देशसहित विभिन्न स्थानवाट निकालिएको ¥याली विभिन्न अस्पतालमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा सहभागीले ‘स्वस्थ मुुटु, सशक्त जीवन’, ‘स्वस्थ मुुटुका लागि हिँड र दौड’, ‘सुखी जीवनका लागि मुटु स्वस्थ राखौं’, ‘मुटुमा ऊर्जा थपौं, जीवनलाई सशक्त बनाऔं’, ‘हृदयाघातको जोखिमबारे जानी राखौं’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

footer