एमालेसगँ सम्वन्ध सुधार गर्न सभामुख सापकोटालाई हटाइने
वि.सं.२०७८ असोज १३ बुधवार १३:३८
shares

काठमाडौ । सत्तारुढ काग्रेसले केपी शर्मा ओलीलाई आफूनिकट बनाउन प्रयास गरेपछि नेकपा एमालेले सभामुख पदबाट अग्नि सापकोटालाई हटाउन अनौपचारिक प्रस्ताव काग्रेससमक्ष पठाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा यतिबेला ओलीलाई रिझाउन अनेक प्रयत्न गर्दैछन् र, सत्ता–साझेदारीका निम्ति समेत उनले प्रस्ताव राखिसकेका छन् । तर केपी ओली सत्ता–साझेदारी गर्नेभन्दा पनि काग्रेससँग मिलेर केही राजनीतिक महत्वका निर्णय लिन इच्छुक भएको बुझिएको छ । त्यसैले सहमतिको प्रारम्भ सभामुखबाट अग्नि सापकोटालाई हटाएर गरौँ भनी एमालेले देउवासमक्ष सन्देश पठाएको छ ।
सभामुखका रूपमा सापकोटाको भूमिकालाई लिएर प्रधानमन्त्री देउवा पनि सशङ्कित छन् । एमसीसी अनुमोदनमा सभामुख सापकोटा बाधक बन्न सक्ने सम्भावनालाई देखेर देउवा सशङ्कित बनेका हुन् । सांसदहरूलाई कारवाही गर्ने कुरामा सभामुखले निष्पक्ष व्यवहार नदेखाएपछि नेकपा एमालेले सापकोटाको राजीनामा माग्दै आएको छ ।


































