नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब तिनै तहका अदालतमा न्यायाधीश नियुक्ति प्रकृया अघि बढ्छ : प्रधानन्यायाधीश कार्की

715
shares

काठमाडौं। न्यायपरिषदले तीनवटै अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी गरेको छ । लामो समय कामू रहेका हरिकृष्ण कार्की प्रधानन्यायाधीश नियुक्त भएपछि प्रक्रिया अघि बढाउन खोजेका हुन्। नियुक्ति बारे छलफल गर्न केही दिनमै परिषदको बैठक बोलाउने तयारी छ। प्रधानन्यायाधीश कार्कीले शुरुमा उच्च अदालतको न्यायाधीशबाट नियुक्तिको प्रक्रिया थालिने बताए। ‘यसअघि नै उच्च अदालतमा रिक्त २७ जना न्यायाधीशका लागि सूची (रोष्टर) तयार भइसकेको छ’ न्यायपरिषदका अध्यक्ष समेत रहेका कार्कीले भने, ‘त्यसैले पनि उच्चबाटै नियुक्तीको प्रक्रिया अघि बढोस् भन्ने हाम्रो सोचाई हो।’

उच्च अदालतमा १६० जना न्यायाधीश हुने संवैधानिक व्यवस्था छ। गतवर्ष न्यायपरिषदले रोष्टर तयार गर्दा उच्च अदालतमा २७ जना न्यायाधीश रिक्त थिए। अहिले त्यो संख्या ४१ पुगिसकेको छ। उच्च अदालतमा ६ जना मुख्यन्यायाधीश समेत रिक्त छन्। २८७ न्यायाधीशको दरबन्दी रहेको जिल्ला अदालतमा ३७ पद रिक्त छन्, जिल्ला न्यायाधीश भने लोकसेवाको परिक्षा र जेष्ठताका आधारमा परिपूर्ति गरिन्छ। २१ न्यायाधीश हुनुपर्ने सर्वोच्च अदालतमा अहिले १६ जना मात्र छन्। २ साउनमा न्यायाधीश टंक मोक्तानले अवकाश पाएपछि रिक्त न्यायाधीशको संख्या ६ पुग्नेछ।

प्रधानन्यायाधीश कार्कीले उच्च अदालतपछि सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढ्ने बताए। गतवर्ष नै न्यायपरिषदले सर्वोच्च अदालतमा नियुक्तिका लागि उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित, न्यायाधीश विनोद शर्मा अनि कानूनका अध्यापक डीएन पराजुलीको नाम सिफारिस गरेको थियो। संसदीय सुनुवाई समितिले निर्णय नगर्दा निताले अवकाश पाइन् भने अरुका विषयमा निर्णय हुन सकेको छैन।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports