नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल साफ च्याम्पियनसिप बाट बाहिरियो

715
shares

भारतमा जारी १४औँ संस्करणको साफ च्याम्पियनसीप पुरुष फुटबल प्रतियोगितामा नेपाल समूह चरणबाट बाहिरिएको छ । भारतको बैङ्गलोर स्थित कान्तिराभ रङ्गशालामा सम्पन्न खेलमा साविक विजेता भारतसँग २–० गोलअन्तरले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरिएको हो । भारतको जितमा सुनिल क्षेत्री र महेशसिंह नोरिमले एक–एक गोल गरे ।

खेलको पहिलो हाफमा गोल रहित बराबरी खेलेको नेपालले खेलको दोस्रो हाफमा दुई गोल खायो । खेलको ६१औँ मिनेटमा सुनिलले गोल गर्दै भारतलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७०औँ मिनेटमा महेशले गोल गर्दै भारतलाई २–० को सहज जित दिलाए । समूह ‘ए’ मा रहेको भारतले यस जितसँगै सेमिफाइनलमा पुगेको छ । भारतले दुई खेलमा छ अङ्क जोडेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४–० ले गोलअन्तरले पराजित गरेको थियो ।

त्यसैगरी नेपाल एक खेलअगावै समूह चरणबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल कुवेतसँग ३–१ गोलअन्तरले पराजित भएको थियो । भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ । कुवेतले शनिबार पाकिस्तानलाई ४–० ले हराएको थियो । समूह ‘ए’ मा रहेको नेपाल र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिए । अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मङ्गलबार पाकिस्तानविरुद्ध खेल्नेछ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports