नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली क्रिकेट टोलीलाई एमाले अध्यक्ष ओलीको सान्त्वना, एउटा असफलता यात्राको अन्त्य होइन

702
shares

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मेहनत कहिलेकाहीँ परिणाम प्राप्त हुन नसके पनि निराश नहुन भन्दै नेपाली क्रिकेट टीमलाई सान्त्वना दिएका छन् ।

नेपाली टीम नेदरल्यण्ड सँग पराजित भएपछि एक स्टाटस लेख्दै ओलीले मेहननत जननी र परिणाम शिशु भएको बताएका छन् । उनले भनेका छन्, ‘मेहनत जननी हो भने परिणाम शिशु। कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ। यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचे जस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम !’

आफूले खेल मोबाइलबाट लाइभ हेरेको उल्लेख गर्दै नेपाल फर्केपछि टोलीसँग सँगै खाना खानेगरि भेटौला भनेका छन् । मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भएपनि खेल हेरेको उनले बताएका छन् । उनले भनेका छन्, ‘एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports