भिआइपीको सुरक्षामा खटिएका ३ सय १६ जना फिर्ता भए : गृहमन्त्री श्रेष्ठ
वि.सं.२०८० असार १० आइतवार १४:१४
shares
k|ltlglw;ef a}7s sf7df8f}F, !( r}tM pkk|wfgdGqL Pj+ u[xdGqL gf/fo0fsfhL >]i7 k|ltlglw;efsf] cfh a;]sf] a}7sdf ;fj{hlgs dxTjsf] k|:tfj k|:t't ug'{x'Fb} . tl:a/M ls/0f/fh lji6÷/f;;
काठमाडौं । बहाल तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मीलाई फिर्ता बोलाइएको छ ।
आज (आइतबार) बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ विपरीत विशिष्ट व्यक्ति तथा पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता बोलाइएको जानकारी दिए । उनका अनुसार ३१६ सुरक्षाकर्मी मध्ये १९० नेपाल प्रहरी र १२६ सशस्त्र प्रहरी बलका रहेका छन् ।





































