गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

होला त देउवा र कोईरालाको मिलन ?

728
shares

काठमाडौं। सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस यहि बेला आफैँभित्र विवादको घेरामा रहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा १४ औ महाधिवेशनमा सभापतिमा निर्वाचित भएपछि सभापतिमा नै देउवासँगै निर्वाचित लडेका डा. शेखर कोइरालालाई देउवाले वरिष्ठ नेताको हैसियतमा सम्ममा राखेनन् । कांग्रेसको परम्परा अनुसार देउवाले कोइरालालाई वरिष्ठ नेतामा स्वीकारसम्म गर्न नसकिरहेका र उसलाई २५ औँ स्थापनामा राखेका थिए ।

पछिल्लो समयमा कांग्रेसको दोस्रो र तेस्रो तहका नेताहरूले देउवाको विरोध गर्न थालेपछि सभापति देउवाले कोइरालालाई वरिष्ठ नेता स्वीकार गरि वरिष्ठ नेताको हैसियतमा राख्न तयार मात्र भएका छैनन् उनलाई पार्टी कार्यालयमा कार्यालय नै दिन तयार भएका छन् । सभापति देउवाले कोइरालालाई वरिष्ठ नेताको हैसियत दिएर पार्टी कार्यालयमा वरिष्ठ नेताको लागि छट्टै कार्यालय नै दिने भएपछि उनको समूहमा रहेका नेताहरू सभापति देउवाप्रति रुष्ट भएका छन् ।कांग्रेसमा केही नेताहरूले पार्टी सुदृढीकरणको अभियान नै चलाईरहेका छन् ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरूले सभापति देउवाबाट अब पार्टी चल्न नसक्ने अभिव्यक्ति दिइरहेका बेला सभापति देउवाको पक्षमा नेता कोइराला नजिकिँदै गएका छन् । संस्थापन इतर पक्षका नेताहरूले देउवा र कोइराला नजिकिएकोलाई मन पराएका छैनन् ।कांग्रेस नजिकको कानुन व्यवसायीहरूको हालै सम्पन्न भएको निर्वाचनमा प्रायः सबै पदमा संस्थापन इतर पक्षका उम्मेदवार निर्वाचित भए पनि सभापति देउवालाई बेचैनी बढेकाले गर्दा उनी कोइरालालाई आफ्नो पक्षमा ल्याउने रणनीतिमा लागेका छन् भने कोइराला समेत पार्टीको १५ औँ महाधिवेशनमा देउवाको सहयोग र समर्थनमै पार्टी सभापति बन्ने प्रयासमा लागेका छन् ।

सभापति देउवाको रणनीति भनेको संस्थान इतर पक्षलाई कमजोर बनाउने नै हो । संस्थापन इतर पक्षलाई कमजोर बनाएर आफ्नी श्रीमती एवं सासद आरजु देउवा राणाको राजनीतिक भविष्य सुरक्षित गर्ने रणनीतिमा देउवा लागेका छन् । देउवालाई सहयोग र समर्थन गर्दै आएका उपसभापति पूर्ण बहादुर खड्का, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि लगायत अन्य नेताहरूले सभापति देउवा र कोइरालालाई मिल्न नदिने रणनीति लिन सक्ने सम्भावना समेत बढेर गएको छ ।१४ औँ महाधिवेशनमा खड्का, श्रेष्ठ, निधि र कृष्ण प्रसाद सिटौलाले देउवालाई समर्थन गरेका हुनाले अहिले उनीहरूले देउवाको सहयोग र समर्थन खोजिरहेका र उनैको समर्थनमा सभापति बन्ने रणनीति लिएका भएपनि देउवाले कोइरालालाई नजिक्याएपछि उनीहरू समेत रुष्ट बन्दै गएकाले गर्दा त्यसको असर सरकारमा समेत पर्न सक्ने सम्भावना बढेर गएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports