रास्वपाले ७७ वटै जिल्लामा जनताको आवाज सांसद सम्म पुर्याउन सम्पर्क सांसदको जिम्मेवारी तोक्यो
वि.सं.२०८० असार १३ बुधवार २०:०२
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी तोकेको छ । रास्वपाले देशभरका जनताको आवाज सांसदसम्म पुर्याउन सांसदहरूलाई जिल्ला सम्पर्कको जिम्मेवारी दिएको हो । बेथिति, भ्रष्ट्राचार, विकास योजना जस्ता समस्या भएमा सांसदहरूलाई सम्पर्क गर्न सकिने रास्वपाले जनाएको छ ।
रास्वपाले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नीतिगत सुधार र जनसवालका विषयमा हाम्रा सांसदहरुसंँग देशभरका सचेत नागरिकहरूले सीधा सम्पर्क गरी आफ्नो आवाज संसद्सम्म बुलन्द गर्न, आम आवाजलाई नीतिमा समेट्ने र अब्बल नीति र त्यसको कार्यान्वयन मार्फत मुलुकको अवस्था बदल्नका लागि सांसदहरूलाई विभिन्न जिल्लाको सम्पर्क सांसदको जिम्मेवारी तोकिएको ब्यहोरा सबैलाई विनम्र सूचित गर्दछौं ।’ अत्यावश्यक अवस्थामा गर्नुपर्ने फोन बाहेक आफ्ना सूचना र सन्देशहरु ह्वाट्सएपमा पठाउन रास्वपाले आग्रह गरेको छ ।



































