नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ समकक्षी बीच भेटवार्ता

572
shares

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच बुधबार भेटवार्ता भएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । दुई नेताहरु बीच दुई देशबीचको व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा कुराकानी भएको थियो । थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमा नाकाहरुमा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले एक चीन नीतिलाई दोहोर्‍याउँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रतालाई चीनले सधैँ समर्थन गर्दै आएकामा धन्यवाद दिए । राजनीतिक स्थिरतासँगै नेपालले आर्थिक समृद्धिमा जोड गरेको प्रसङ्ग उल्लेख गर्दै उनले आगामी दिनमा नेपालको आर्थिक विकासमा चीनको सहयोग र लगानी वृद्धि हुने विश्वास व्यक्त गरेका थिए ।

चिनियाँ उपप्रधानमन्त्री फङले चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिँदै आएको बताए । कोरोना महामारी पश्चात द्विपक्षीय भ्रमण आदानप्रदान अभिवृद्धि भएको चर्चा गर्दै उनले तातोपानी नाकालाई व्यापार तथा आवातजावतमा खुला गर्नका लागि आफूले पहल गर्ने बताएका उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठ छेन्दुमा भएको ‘वेष्ट्रन चाइना इन्टरनेशनल एक्स्पो’मा सहभागी हुन मंगलबार चीन गएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports