नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओबादी लडाकु शिविरमा भएको घोटालाको पनि छानबीन हुनुपर्छ : सांसद राणा

663
shares

काठमाडौं–सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानविन गर्न सरकारसँग माग गरेका छन्। बुधबार प्रतिनिधिसभामा राणाले माओवादी लडाकु शिविरमा पनि भ्रष्टाचार सम्बन्धि समस्याहरु रहेकाले त्यसको पनि छानविन प्रक्रियालाई तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठ सँग माग गरेका हुन्।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठका आफ्नै मान्छेहरु पनि भ्रष्टाचारमा संलग्न भएको कुरा बाहिर आएको जिकीर गर्दै उनले त्यसलाई पनि छायाँमा पर्न सरकारले दिन नहुने बताए। सांसद राणाले ललिता निवास प्रकरणको छानविनको कामलाई सरकारले पुनः अघि बढाएकोमा स्वागत गर्दै त्यस्ता खालका अरु भ्रष्टाचारका मुद्दाहरुलाई पनि सरकारले अघि बढाउनुपर्ने बताए।

उनले भने‘त्यो लडाकुको विषयमा पनि समस्याहरु अहिले देखिएको छ । त्यो फाईल पनि खोल्न म प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह पनि गर्न चाहन्छु । ललिता निवासको फाईल खोलिएको छ । त्यो ठिकै छ । कारबाही हुनुपर्छ । मैले भनिहाले–भ्रष्टाचारलाई कारबाही हुनुपर्छ । करप्शनमा जिरो टोलरेन्स हुुनुपर्छ भन्ने कुरामा म र मेरो पार्टी क्लिएर छ । प्रधानमन्त्री र गृहमन्त्रीका आफ्नै पार्टीका मान्छेहरुको नाम आएको छ । त्यस्ता मुद्दाहरु पनि छायामा नपरोस् भन्ने मेरो आग्रह छ । यो हामी सबै नेपालीको माग हो ।’ सांसद राणाले आफ्नो पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि शुन्य सहनशीलताको नीति लिएको बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports