आजपनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोवार ?
वि.सं.२०८३ साउन ४ सोमवार १३:४८
shares

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ । जसअनुसार आज छापावाला सुन प्रतितोला दुई लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा सुन प्रतितो दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो दुई दिनदेखि सुन र चाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको छ।
त्यस्तै, आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेको हो । जसअनुसार आज चाँदप् प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला चार हजार २४० रुपैयाँमा कारोबार भएको थियो।




































