२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एनडुयु बर्नहम बेलायतका नयाँ प्रधानमन्त्री

832
shares

एन्ड्र्यु बर्नहम बेलायतका नयाँ प्रधानमन्त्री बनेका छन्।

बकिंघम दरबारले सोमबार एक विज्ञप्ति जारी गर्दै महाराज चार्ल्सले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव उनले स्वीकारेको जानकारी दिएको छ।कियर स्टार्मरले ठ्याक्कै चार हप्ताअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै उनले सत्तारूढ लेबर पार्टीको नेताबाट राजीनामा दिएका थिए।स्टार्मर लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा पदमा रहेका थिए। लेबर पार्टीको नयाँ नेता चुनिएपछि बर्नहम प्रधानमन्त्री बनेका हुन्। उनी एक दशकमा बेलायतको सातौं प्रधानमन्त्री बनेका छन्।सरकारको खस्कँदो साखलाई पुनर्जीवित गर्न सक्ने नयाँ नेतालाई सत्ता हस्तान्तरण गर्न चौतर्फी दबाब बढेपछि स्टार्मरले राजीनामा दिएका थिए।

उनले जुलाई २०२४ को निर्वाचनमा लेबर पार्टीलाई सानदार जित दिलाएका थिए। तर त्यसयता उनको र पार्टीको लोकप्रियता निकै खस्किएको थियो। बेलायतको संसदीय शासन प्रणाली अन्तर्गत संसद्मा बहुमत भएको दलको नेतृत्व जसले गर्छ, उही देशको प्रधानमन्त्री बन्ने प्रावधान छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports