२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सांसदहरूलाई स्वकीय सुविधा राजपत्रमा प्रकाशित, कसलाई कुन तहको स्वकीय सचिव ?

728
shares

काठमाडौं । सांसदहरूले स्वकीय सचिव राख्ने पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार संघीय संसदका सदस्यहरूले रा.प. तृतीय श्रेणीको स्वकीय राख्न पाउनेछन् ।यस्तै सभामुख र राष्ट्रियसभा अध्यक्षले रा.प.प्र सरहको प्रमुख स्वकीय सचिव १ जना राख्न पाउने व्यवस्था गरिएको छ । यस्तै स्वकीय द्वितीय श्रेणी र तृतीय श्रेणीको गरी दुई जना राख्न पाउनेछन् ।

विपक्षी दलको नेता, उपसभामुख, उपाध्यक्ष, प्रमुख सचेतकहरू र सभापतिले पनि द्वितीय श्रेणीको स्वकीय राख्न पाउने व्यवस्था लागू भएको हो ।उनीहरूले सुरु स्केल अनुसारको तलब मात्र पाउने उल्लेख गरिएको छ । स्वकीय सचिवालयका कर्मचारीले ऐनअनुसार प्राप्त गर्ने पारिश्रमिक बैंक खातामा उपलब्ध गराइने राजपत्रमा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports