नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ आज मंगलवारका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

247
shares

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०८ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११० रुपैयाँ २० पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०७ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०८ रुपैयाँ १३ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports