kumari
stcnepal

नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दियो

काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि भएको खेलमा नेपालले आयरल्याण्डलाई २६९ रनको लक्ष्य दिएको छ । हरारेकोे ताकाशिङगा स्पोर्ट्स क्लबमा टस हारेको नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २६८ रन बनाएको हो ।

नेपाललाई सम्मानजनक स्थितिमा पुर्‍याउन आठौं विकेटका लागि सन्दीप लामिछाने र गुल्सन झाले ८० रनको साझेदारी गरे । झाले सर्वाधिक ५७ रनको अविजित अर्धशतकीय पारी खेले । उनले ४१ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । यससँगै उनले एकदिवसीय अन्तर्राष्ट्रियमा तेस्रो अर्धशतक पूरा गरेका हुन् ।सन्दीप लामिछानेले ३० बलमा ३ चौका र १ छक्कासहित ३२ रन बनाए ।

footer