विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकको स्थायी कमिटी देखि केन्द्रीय कमिटी बैठक सम्म बोलाउने निर्णय

572
shares

काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले स्थायी कमिटीदेखि केन्द्रीय कमिटी बैठकसम्म बोलाउने निर्णय गरेको छ । गत शुक्रबार सुरु भएर हिजो  सकिएको बैठकले साे निर्णय गरेको हो । बैठकले पार्टीको महाधिवेशन माघ वा फागुनमा गर्ने सहमति जुटाएको छ । तर महाधिवेशनको मिति भने अब बस्ने केन्द्रीय कमिटी बैठकले तोक्नेछ ।

केन्द्रीय सचिवालयको प्रस्तावमा केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तय गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । त्यसका लागि सो पार्टीले साउन १५ गते सचिवालय बैठक, १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिट्ब्यूरो बैठक तथा २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय सचिवालय बैठकले गरेको छ । साउन १५ भित्र अहिले सचिवालय बैठकमा भएका छलफललाई मर्त रुप दिने पनि सो पार्टीले जनाएको छ । बैठकमा राजनीतिक र वैचारिक विषयमा छलफल भएकाे छ भने राष्ट्रिय इस्युमा एकीकृत धाराणा बनाएर अघि बढ्ने निष्कर्ष निकालिएको छ ।

बैठकले सरकार प्रभावकारी बन्न नसकेको ठहर गर्दै आगामी दिनमा सरकारलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जरुरी रहेको निष्कर्ष निकालेको छ । साथै नेकपा एकीकृत समाजवादीले सिंगो मुलुकको विकास र सम्मृद्धिको योजना निर्माण र जनदवाव सिर्जना गर्ने केन्द्र बन्ने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports