विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाले माग्यो केन्द्रीय सदस्यका लागि आवेदन

754
shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय सदस्यका लागि आवेदन माग गरेका छ । हिजो शुक्रबार पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले सूचना जारी गर्दै २० जना केन्द्रीय सदस्यका लागि आवेदन मागेका हुन् ।

सूचनामा भनिएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको नवीन राप्रपा अवधारणा अन्तर्गत ४० वर्ष मुनिका थप २० जना व्यक्तिलाई केन्द्रीय सदस्य पदमा मनोनयन गर्ने केन्द्रीय कार्य समिति बैठकको निर्णय अनुसार देहायका योग्यता पुगेका पार्टीमा रहनु भएका तथा पार्टी बाहिर रहेरपनि पार्टीको नीति, सिद्धान्त, एजेण्डा र उद्देश्यप्रति प्रतिबद्ध रहि राप्रपाको केन्द्रीय सदस्य भई सक्रिय राजनीति गर्ने चाहना भएका नेपाली नागरिकबाट खुला आवेदन माग गरिएको छ ।’

प्रवक्ता श्रेष्ठका अनुसार आवेदन ३० दिनभित्र दिनुपर्ने छ । आवेदनका लागि पार्टीको इमेल rppcenter48@gmail.com वा raprapa.079@gmail.com मा आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना पठाउनु पर्ने राप्रपाले जनाएको छ । सूचनामा थप भनिएको छ, ‘प्राप्त दरखास्त मध्येबाट भूगोल, जनसंख्या, पार्टीको प्रभाव क्षेत्र विस्तारको सम्भावना र नेतृत्व विकासका सम्भावनाको आधारमा न्यूनतम ५० प्रतिशत अर्थात कम्तीमा १० जना महिला सहित २० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरिने ब्यहोरा समेत जानकारीको लागि अनुरोध छ ।’

मापदण्ड:

क. उदीयमान प्राज्ञिक युवा तथा महिला

ख. राजनैतिक फाँटमा सक्रिय रहेका र भावी नेतृत्व विकासको सम्भावना बोकेका

ग. राप्रपाको सिद्धान्त, नीति र उद्देश्य प्रति प्रतिबद्ध

घ. सूचना प्रविधि र सामाजिक सञ्जाल परिचालनमा पोख्त

ङ. नेपालको बहु भाषाको ज्ञान भएको

च. प्रत्यक्ष निर्वाचनमा पार्टीको उम्मेदवार बन्ने प्रतिबद्धता जनाउने

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports