विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुन तस्करीको जालो निरन्तर चलिरहेको छ : रवि लामिछाने

663
shares

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करीको जालो निरन्तर चलिरहेको प्रस्ट भएको बताएका छन् । ‘त्यो कुन ढङ्गको मिलेमतो हो त्यो चाहिँ अनुसन्धानबाट मात्रै खुल्छ,’ उनले भने ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले यही कारण गृहमन्त्रीको राजीनामा माग्ने कुरा आफूहरूको एजेन्डा नरहेको बताए । ‘राजीनामा माग्ने सामान्य होइन । सरकारकै निकायले पत्ता लगाएको हो । हामीले राजीनामा माग्ने हो भने दिएपछि मात्रै रोकिने हो,’ उनले भने ।

रास्वपा आफ्नै लाइनमा रहेको बताउँदै उनले कुनै पनि दलको एजेन्डा सँग लिनु दिनु नरहेको बताए । मुलुकमा संवैधानिक सर्वोच्चता आफूहरूको लाइन भएको भन्दै भागबन्डामा देशका महत्त्वपूर्ण पदहरूमा नियुक्ति गर्ने परिपाटी आपत्तिजनक रहेको उनले बताए । सङ्घीय संरचनाको रेट्रोफिट गर्न आवश्यक रहेको बताउँदै उनले कार्यकर्तालाई मिलाउने गरी बनाएको प्रदेश संरचना पुनर्संरचना गर्नुपर्ने उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports