विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले सांगठानिक सुदृढीकरणका केन्द्रीय प्रतिनिधिलाई १८ बुँदे कार्यविधि दिएर जिल्ला पठायो

819
shares

काठमाडौँ । नेपाली कांग्रेसले सांगठानिक सुदृढीकरणका केन्द्रीय प्रतिनिधिलाई १८ बुँदे कार्यविधि दिएर जिल्ला पठाएको छ । सभापति शेरबहादुर देउवाले १८ बुँदे कार्यविधि प्रतिनिधिलाई दिएका हुन् । साथै असार २१ र २२ गते भएको जिल्ला सभापति बैठकको १४ बुँदे आन्तरिक प्रतिबद्धता र पछिल्लो केन्द्रीय समिति बैठकको निर्णय पनि उनीहरुलाई दिइएको छ ।

साउन २० देखि ३० गतेसम्म सञ्चालन हुने अभियानका लागि कांग्रेस केन्द्रीय प्रतिनिधि जिल्ला–जिल्ला पुगिसिकेको अवस्था छ । कांग्रेसले सह महामन्त्री, केन्द्रीय सदस्यहरू र पूर्व केन्द्रीय सदस्यलाई जिल्ला–जिल्ला खटाएको छ । जिल्लामा रहेका सबै निर्वाचन क्षेत्र हेर्ने गरी एक प्रतिनिधि खटाइएको छ । अभियानमा प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्य खटिएका छन् ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि सबै जिल्लामा अभियान सुरु हुने बताए । उनले भने, ‘भोलिबाटै अभियान सुरु हुन्छ । केन्द्रले दिएको कार्यविधिअनुसार प्रतिनिधिहरुले सबै जिल्लामा भोलि नै अभियान थाल्नुहुन्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports