भारतको उत्तराखण्डमा पहिरोमा परि १५ जना भन्दा बढी नेपाली बेपत्ता, ३ जनाको निधन
वि.सं.२०८० साउन १९ शुक्रवार १७:०५
shares

काठमाडौं । भारतको उत्तरखाण्डमा भीषण पहिरो जाँदा तीन जनाको निधन भएको छ । पहिरोमा परेर १५ जनाभन्दा धेरै नेपाली बेपत्ता भएका छन् । बेपत्ता मध्ये १० जना नेपाली रहेका छन् । केदारनाथ प्रवेश गर्ने सडकखण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्ला बाट गएका नेपालीस हित बेपत्ता भएका हुन् ।
बेपत्ता हुने नेपालीहरुमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र जोरा रावत रहेका छन् । पहिरोमा पुरिएको होटल हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा चलाउँदै आएका थिए। पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन्। वीरबहादुरकै होटलमा खाना खाइरहेका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन्।
बेपत्ता हुने थप सात जना पनि नेपाली रहेको जनाइएको छ। तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुल्न सकेको छैन। बेपत्ता हुनेहरुमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीहरु राधिका र पिंकी छन्।


































