विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज देखि ट्वीटरमा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने

715
shares

काठमाडौं । आज देखि ट्वीटर (एक्स)मा फेसबुकमा जस्तै लाइभ गर्न मिल्ने भएको छ । ट्वीटरका मालिक एलन मस्कले आज आफै लाइभमा आएर यस्तो घोषणा गरेका हुन् । नेपाल बाट समेत लाइभ गर्न मिल्ने छ ।

लाइभ गर्न ट्वीटर एपमा गएर नयाँ पोस्ट गर्ने ठाउँ प्लस आइकनमा क्लिक गर्नुपर्छ । त्यसपछि आउने स्पेसेस, फोटोज, गिफ र पोस्टमध्ये पोस्ट गर्ने अप्सनमा क्लिक गर्नुपर्छ । पोस्टमा क्लिक गरेपछि त्यहाँ क्यामेरा जस्तो देखिने आइकन छ । त्यसमा क्लिक गरेपछि फोटो, भिडियो र लाइभ जान सकिने भनेर देखाउँछ र कन्ट्युन्यू गरेपछि त्यहाँ भिडियो, क्याप्चर र लाइभ भन्ने अप्सन देखिन्छ । त्यसपछि जोकोही पनि ट्वीटरबाट लाइभ गर्न सक्ने छन् ।

यो फिचरका लागि अटो अपडेट भएको छैन भने एक्सको एप अपडेट गर्नुपर्ने हुन्छ । उनले ट्वीटरमा भनेका छन्, ‘लाइभ भिडियो अब राम्रोसँग काम गरिरहेको छ। मात्र तपाईले क्यामेराको आइकन भएको ठाउँमा क्लिक गर्नुपर्नेछ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports