विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जिम्मेवार निकायले समयमा नै निर्णय नगर्दा अदालतमा न्यायाधीशको काम नै प्रभावित हुन पुगेको छ : प्रधानन्यायाधीश कार्की

624
shares

काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राजनैतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालयहरू न्ययाधीशबिहीन हुन पुगेको आरोप लगाएका छन् । जिम्मेवार निकायले समयमा नै निर्णय नगर्दा अदालतमा न्यायाधीशको काम नै प्रभावित हुन पुगेको उनले बताए । उनले सर्वोच्च अदालतबाट बिचौलियाहरू भने हटेको दाबी गरे । सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ गर्न गोला प्रथाको चलन ल्याएपछि न्यायालय भित्रको बिचौलियाको भागाभाग जस्तै भएको उनले टिप्पणी गरे । वर्षौँदेखि जरा गाडेर बसेको सेटिङ समेत गोलाप्रथा लागू भएपछि हटेको उनले बताए

प्रधानन्यायाधीश कार्कीले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आफ्नो कार्यकालमा राजनैतिक दबाब खेप्नु नपरेको बताए । उनले आफू भन्दा अगाडिको नेतृत्वले नै राजनैतिक दबाब र हस्तक्षेपलाई निमन्त्रणा दिने काम गरेको हुनसक्ने बताए । आफूले राजनैतिक आग्रहलाई कुनै पनि समय स्थान नदिएको कार्कीले बताए । स्वतन्त्रतालाई अन्तस्करणबाट ग्रहण गरेर व्यवहार गर्न सके हस्तक्षेप नहुने उनको भनाइ छ । प्रधानन्यायाधीश कार्कीले अदालतको फैसला विरुद्ध सडकबाट समाधान खोज्नु राम्रो नभएको बताए । उनले न्यायालयको प्रक्रियाबाट हुने फैसलालाई सम्मान गर्नुपर्ने बताए । नागरिकको मौलिक हक अधिकार र संविधानको रक्षा प्रक्रियामा सबैले विश्वास गर्नुपर्ने उनले बताए ।

प्रधानन्यायाधीश कार्कीले छोटो समय प्रधानन्यायाधीश भएर काम गर्दा केही कठिनाइ भए पनि कामु भइसकेकाले सहज रूपमा काम अघि बढाएको बताए । उनले आफ्नो कार्यकालमा न्यायपालिकाको सुधारका लागि लागेको र केही पहल भएको बताए । प्रधानन्यायाधीश कार्कीले बार सँगको सहकार्य बिना न्यायालय सञ्चालन गर्न कठिन हुने बताए । उनले न्यायालय चुस्त बनाउनका लागि बार सँग सहकार्य गरेर नै अघि बढ्दा उचित हुने बताए । उनले आफ्नो कार्यकालमा समेत आफूले बारको सहकार्य र समन्वयमा नै काम गरेको बताए । प्रधानन्यायाधीश कार्कीले न्याय परिषद्को संरचनामा पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले न्याय परिषद्को संरचनाका कारण पनि न्याय सम्पादनमा कतिपय स्थानमा समस्या आइरहेको बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports