विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संवैधानिक परिषद्ले महालेखा परीक्षक सहित चार संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका लागि विवरण माग गर्यो

572
shares

काठमाडौं । संवैधानिक परिषद्ले महालेखा परीक्षक सहित चार संवैधानिक निकायमा रिक्त पदाधिकारी नियुक्तिका लागि विवरण माग गरेको छ ।परिषद्ले महालेखा परीक्षक एक जना, निर्वाचन आयोगमा रिक्त एक आयुक्त तथा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगको एक–एक सदस्यका लागि अभिलेख संकलन गर्न लागेको हो।

परिषद्ले ती निकायमा रिक्त पदका लागि योग्यता पुगेका व्यक्तिको अभिलेख तयार पार्न भन्दै शनिबार सूचना जारी गरेको छ । इच्छुक व्यक्तिले सूचना प्रकाशन भएको १५ दिन भित्र विवरण पेश गर्नु पर्नेछ । विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइटमार्फत् वा संवैधानिक परिषदको इमेल मार्फत् बुझाउन सक्ने सूचनामा उल्लेख छ।

बिहीबार बसेको संवैधानिक परिषद् बैठकले यी रिक्त पदहरुका लागि १५ दिने सूचना प्रकाशित गर्ने निर्णय गरेको थियो। बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports