सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रचण्डको पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सक्दो छिटो बैठक सक्न आग्रह

403
shares

काठमाडौं । पाँच दिनयता जारी माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार सकिँदैछ । अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सक्दो छिटो बैठक सक्न आग्रह गरेका छन् । केन्द्रीय सदस्यहरुलाई प्रचण्डले भने, ‘एकेडेमीको हल आजसम्म मात्रै बुकिङ छ । भोलि अर्कैको कार्यक्रम छ । यति संख्या अट्ने अर्को हल खोज्दा पाइएन ।’

नेताहरुले अझै बोल्न बाँकी १५० सदस्य रहेको भन्दै तिनले पनि मौका पाउनुपर्ने बताएका थिए । प्रचण्डले लगभग कुराहरु आइसकेको, अब दोहोरिने क्रममा रहेको भन्दै बाँकीले आफ्नो नाम खातामा टिपाउन र सुझाव राख्न भनेको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए । ‘संसद बैठक पनि हाम्रै मिटिङका कारण सारिएको छ, त्यसो त गर्न भएन नि,’ प्रचण्डलाई उद्धृत गर्दै ती नेताले भने, ‘जे कुरा छ, अब लिखितमै दिने हो, त्यहीँबाट सम्बोधन हुन्छ । बैठक आज जसरी पनि सकौं ।’

केन्द्रीय सदस्यहरुले प्रचण्डको प्रस्तावमा सहमति जनाएको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्र पदाधिकारीको बैठक सकिनेबित्तिकै केन्द्रीय समिति बैठक कमलादीमा सुरु हुनेछ । आज प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिनेछन् । केन्द्रीय समिति एक बजे बस्ने भनिए पनि बालुवाटार बैठकका कारण त्यो धकेलिने सम्भावना छ । बैठकमा कुनै पनि लिखित डकुमेन्ट आउने सम्भावना करिब सकिएको नेताहरुले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports