संघीय निजामती ऐन आगामी मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकमा पेस हुन्छ : मन्त्री माेदी
वि.सं.२०८० साउन २१ आइतवार १३:२८
shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती ऐन आगामी मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकमा पेस हुने बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले निजामती ऐन मंगलबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठकमा पेस हुने बताएका हुन् ।मन्त्री मोदीले ऐनको ड्राफ्ट सकिएको र आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने बताए । आफू मन्त्री बनेको दिनबाट नै संघीय निजामती ऐन ल्याउनैपर्छ भनेर काम गरेकाले अहिले सबै तयारी सकिएको उनको भनाइ थियो ।



































