नाफा कमाउनेमा नबिल बैक पहिलो, अरूको अबस्था कस्तो ?
वि.सं.२०८० साउन २१ आइतवार १५:०९
shares

काठमाडौं । वाणिज्य बैंकहरुको नाफा दोहोरो अंकको वृद्धि भएको छ । बैंकहरुले एक वर्षमा खुद नाफा २४.९२ प्रतिशतले बढाएका छन् । संचालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरणअनुसार गत आवभर बैंकहरुले कुल ७० अर्ब १७ करोड ५५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जुन अघिल्लो आवको तुलनामा भने १४ अर्ब रुपैयाँले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले कुल ५६ अर्ब १७ करोड २३ लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
विशेषगरि बैंकहरुको खुद ब्याज आम्दानी र संचालन नाफा वृद्धि भएकाले नै खुद नाफ बढ्न पुगेको हो । गत आवमा बैंकहरुले खुद ब्याज आम्दानी पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । अघिल्लो आवमा १ खर्ब ११ अर्ब ९५ करोड ७७ लाख २९ हजार रुपैयाँ ब्याज आम्दानी गरेका बैंकहरुले गत वर्ष भने ४४.४४ प्रतिशतले बढाएका छन् । गत आवमा बैंकहरुको खुद ब्याज आम्दानी १ खर्ब ६१ अर्ब ७२ करोड २ लाख ५७ हजार रुपैयाँ रहेको छ । वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । दोस्रो स्थानमा भने ग्लोबल आइएमई बैंक देखिएको छ ।यस्तै, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४ अर्ब माथि देखिएको छ। समिक्षा अवधिमा कुमारी र प्राइम बैंकको नाफा भने घटेको छ ।



































