२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते मुलुकभरमै भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओबादीमा पदाधिकारीको कार्य बिभाजन

676
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ । जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले नेताहरूको नयाँ जिम्मेवारीको प्रस्ताव गरेका छन् ।

प्रस्तावित जिम्मेवारी अनुसार अग्नि सापकोटा प्रचार विभाग तोकिएको छ । प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई प्रस्ताव गरिएको छ । पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरी सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने माओवादी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

कुन नेतालाई के जिम्मेवारी ?

उपाध्यक्षः कृष्णबहादुर महरा,पार्टी एकता र समाजवादी मोर्चा

उपाध्यक्षः अग्निप्रसाद सापकोटा,प्रचार प्रसार विभाग प्रमुख

उपमहासचिव जनार्दन शर्मा- बागमती प्रदेश इन्चार्ज

वर्षमान पुन – विशेष प्रदेश इन्चार्ज

पम्फा भुसाल- जनवर्गीय संगठन इन्चार्ज

लिलामणी पोखरेल,कोशी प्रदेश इन्चार्ज

देवेन्द्र पौडेल,मधेश प्रदेश इन्चार्ज

डिलाराम आचार्य,सुदूरपश्चिम इन्चार्ज

चन्द्रदेव खनाल,कर्णाली इन्चार्ज

मात्रिका यादव,लुम्बिनी प्रदेश इन्चार्ज

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports