kumari
stcnepal

पूर्वराजा ज्ञानेन्द्रद्वारा विजयादशमीको अवसरमा शुभकामना प्रदान

 

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमी २०७८ को उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहले आज एक विज्ञप्तिमार्फत आम नेपालीहरुलाई विजयादशमीको शुभकामना प्रदान गर्नुभएको हो ।
उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ–‘सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी विजया दशमीको पावन अवसरमा हामी देशभित्र र देशबाहिर रहेर बसेका सम्पूर्ण नेपालीहरुमा शान्ति र सुखको लागि शुभकामना व्यक्त गर्दछौं ।
उहाँले हाम्रो समाज सनातनिक आदर्श र पुख्र्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन नसकेको आरोप लगाउनुभयो । विज्ञप्तिमा भनिएको छ –‘लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पुर्तिको दिव्य मान्यतामा आधारित हूनुपर्नेमा राजनीतिक व्यवस्था आपूm, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ ।’
शुभकामना सन्देश जस्ताको तस्तै

footer