विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व गृहमन्त्री बालकृष्ण खाँण र मञ्जु खाँण माथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु

572
shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनकी पत्नी मञ्जु खाँण माथि भ्रष्टाचारको आरोपमा अनुसन्धान सुरु गरेको छ । अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा बालकृष्ण र उनकी पत्नी मञ्जुलाई बोलाएर सम्पत्ति अनुसन्धान सम्बन्धी फारम भराउनुका साथै सोधपुछ गरेको हो । ‘केही दिनअघि उहाँहरु दुवैजनालाई बोलाएर सम्पत्ति सम्बन्धी फारम भराउनुका साथै केही सोधपुछ गरेर छाडेका हौं’ अख्तियार उच्च स्रोतले  भन्यो, ‘दुवैजनालाई सम्पत्तिको फारम भरेर बुझाउन भनिएको छ । त्यसपछि थप प्रक्रिया अघि बढ्छ ।’

२०७४ सालदेखि सार्वजनिक पदमा रहेका कांग्रेस सांसद बालकृष्ण खाँण ९ पुस, २०७९ सम्म गृहमन्त्री थिए । उनी रुपन्देहीबाट निर्वाचनमा पराजित भए लगत्तै पत्नी मञ्जु खाँण समानूपातिकबाट सांसद भएकी थिइन् । ‘मूलत नक्कली शरणार्थी प्रकरणका बारेमा यहाँ उजुरी परेको हो, तर अहिलेको अनुसन्धान सम्पत्तिमा केन्द्रीत छ’ अख्तियारस्रोतले भन्यो, ‘सार्वजनिक पदमा बसेर गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी परेको छ । काठमाडौं सरकारी वकिलको कार्यालयको पत्राचार समेत छ । त्यही आधारमा अनुसन्धान अघि बढेको हो ।’ केही दिन अघिमात्रै कांग्रेस संसदीय दलको कार्यालयमा पुगेकी सांसद मञ्जु खाँणले केही सांसदहरु सँग अघिल्ला वर्षहरुको आम्दानी अभिलेखिकरण गर्ने र त्यसको हिसावकिताव बारे चासो राखेकी थिइन् । त्यसक्रममा उनले यसअघि सरकारी निकायहरुले गरेको भुक्तानीको विवरण पाउने ठाँउबारे समेत सोधपुछ गरेकी थिइन् ।

एक सांसदले भने, ‘यसअघि आफू विभिन्न राजनीतिक मनोनयन र नियुक्त भएर काम गर्दा पाएको पारिश्रमिकको विवरण पाउने तरिकाबारे उहाँले सोधपुछ गरिरहनुभएको थियो ।’ अख्तियारले कुनै पनि सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गरेपछि आम्दानीको बैध स्रोत पुष्टि गर्नुपर्ने चुनौती हुन्छ । आम्दानीको स्रोत देखाउन नसक्ने माथि गैरकानूनी आर्जनको अभियोग लाग्छ र भ्रष्टाचारको मुद्दा चल्छ । नक्कली शरणार्थी प्रकरणमा ठगी, किर्ते, संगठित अपराध र राष्ट्रहित विरुद्धको कसुरको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशपछि पूर्व गृहमन्त्री खाँण यतिबेला पुर्पक्ष थुनामा छन् । उनी लगायतले जिल्लाको आदेश बदर गरेर आफूहरुलाई सामान्य तारिखमा रिहा हुनुपर्ने माग राखी उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।

नक्कली शरणार्थी मामिलामा तत्कालीन खाँण माथि भ्रष्टाचारको अभियोग आकर्षित हुने तीन प्रमाणहरु सरकारी वकिलको कार्यालयले ठगी र किर्तेको मुद्दा चलाउने क्रममा जिल्ला अदालतमा पेश गरेको छ । खाँण माथि घुस बापत एक करोड २४ लाख ५० हजार रुपैयाँ नगद लिएको आरोप छ । प्रहरीको दावी अनुसार, केशवप्रसाद दुलाल र सानु भण्डारीले बयानमा उनले रकम लिएको स्वीकारेका थिए । केशवप्रसाद दुलालबाट वरामद भएको फोनमा टेकनारायण पाण्डेले ‘मन्त्रीज्यूको सामान रेडी भएन ?’ भनी रकम लेनदेनलाई संकेत गरेको सरकारी दावी छ ।

शरणार्थी मामिलामा आरोपितहरु पक्राउ पर्ने र अनुसन्धान अघि बढ्न थालेपछि गृहमन्त्री बालकृष्ण खाँणले स्वकीय सचिव नरेन्द्र केसी मार्फत सानु भण्डारीका दाजु राजु भण्डारीलाई एक करोड रुपैयाँ दिएको र त्यो मध्ये ३० लाख रुपैयाँ शेर्पाले राजुलाई बुझाएको प्रहरीको दाबी थियो । ‘सरकारी वकिलको कार्यालयले पठाएको मिसिल र उजुरीको आधारमा उहाँहरुमाथि अनुसन्धान सुरु भएको हो’, अख्तियारस्रोतले भन्यो, ‘सम्पत्ति फारम भराउने लगायत प्रारम्भिक चरणका काम अघि बढेका छन् ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports