विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई हिरासतमा राख्न अदालतले दियो आदेश

520
shares

पाकिस्तानको अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले मङ्गलबार उहाँलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटे देखि धेरै कानुनी मुद्दामा फसेका छन् उनीमाथि दुई सय वटा मुद्दा लगाइएका छन् । नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षडयन्त्र अनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन् ।

नेता खानका वकिल सलमान सफदरले औपनिवेशिक युगको गोप्य कानूनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न म्याद थपिएको बताएका छन् । सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए । भ्रष्टाचारको आरोपमा खान माथि गरिएको तीन वर्षको जेल सजाय मङ्गलबार उल्ट्याइएको थियो ।

नेता खानको पाकिस्तान तहरीक–ए–इन्साफ ९पिटिआई० पार्टीका उपाध्यक्ष, पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि यस मुद्दामा पक्राउ गरिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports