गत फागुन २१ गते सम्पन्न भएको संघीय संसद प्रतिनिधिसभाको निर्वाचनमा झण्डै दुई तिहाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज अमेरिकावाट फाइजर खोप नेपाल आइपुग्दै

689
shares

 

काठमाडौं । कोरोनाविरुद्धको फाइजर खोप आज नेपाल आइपुग्दैछ। कोभ्याक्स सुविधा अन्तरर्गत अनुदानमा प्राप्त एक लाख ६ सय २० डोज फाइजर खोप अमेरिकाबाट आउन लागेको हो।

खोप कतार एयरलाइन्सको जहाजबाट बिहान ९ बजे आइपुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उक्त खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीले पाउने छन्। यो खोप कात्तिक २८ गतेबाट लगाउन थालिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अमेरिकाबाट यसपटक आउन लागेको फाइजरको १ लाख डोज खोप १२ वर्षमाथिका दीर्घ रोगग्रस्त बालबालिलाई लक्षित गरिएको छ। यस्ता बालबालिकालाई आगामी कात्तिक २८ गतेबाट खोप दिन शुरु गरिनेछ।

खोप लगाउन चाहने १२ वर्षमाथिका दीर्घ रोगीले आफू दीर्घरोगी भएको प्रमाण तथा अस्पतालमा चेकजाँच गर्ने कागजपत्र लिएर तोकिएको स्थानमा जानुपर्नेछ।

दीर्घरोगी बालबालिकालाई खोप लगाउन खटिने स्वास्थ्यकर्मीलाई सरकारले अभिमुखीकरण तालिमसमेत दिने भएको छ।

नेपालमा करिब ३० लाख किशोरकिशोरी तथा बालबालिका छन्। सरकारले बालबालिकालाई नै लक्षित गरेर ६० लाख डोज खोप ल्याउन सम्झौता गरिसकेको छ।

यो खोप नेपालमा माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नभएकाले युनिसेफले १०० लिटर क्षमताका ४ वटा फ्रिज उपलब्ध गराएको छ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports