विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भैरहवामा धर्मसभा हिन्दु राष्ट्र पुनःस्थापनाको माग

715
shares

बुटवल । नेपाललाई पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्ने उद्देश्यसहित रुपन्देहीको भैरहवामा ‘विराट धर्म सभा’ आयोजना गरिएको छ ।
विश्व ओमकार एकता महाभियानको आयोजनामा आज र भोलि दुई दिनसम्म चल्ने सभामा नेपाल र भारतका धर्मगुरुहरु भैरहवामा भेला भइसकेका छन् ।

सभामा प्रवचन दिन भारतको जगन्नाथपुरीस्थित गोवर्द्धन पीठका प्रमुख जगतगुरु शंकराचार्य सहित एक दर्जन भारतीय हिन्दु धर्मगुरु समेत आइतबार साँझ भैरहवा आइपुगेका छन् । नेपाललाई धर्म निरपेक्षबाट पुनः हिन्दु राष्ट्र कायम गराउन पहल गर्न र ओमकार परिवारबीच एकताका लागि अभियान सञ्चालन गर्ने सभाको मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका सदस्य पुष्पराज पुरुषले बताएका छन् ।

महेन्द्र सभा गृहमा आज मध्यान्ह शुरु हुने धर्म सभालाई जगतगुरु शंकराचार्यले आजै सम्बोधन गर्ने कार्यक्रम छ । सभामा वैदिक, बौद्ध, जैन, सिख, किरात, बोनलगायत सनातन ओमकार परिवारका सय भन्दा धेरै संस्थाका धर्मगुरु सहित हजारौंको सहभागिता रहने उनले बताए । सभामा एक सयभन्दा धेरै धर्मगुरु र कथावाचकले प्रवचन दिनुका साथै हिन्दु धर्मको रक्षाका सम्बन्धमा छलफल र बहस हुने पुष्पराजले बताए । धर्मसभा शुरु हुनु अघि भैरहवा गल्लामण्डीको हनुमान मन्दिरबाट वृहत शोभा कलश यात्रा निकाल्ने कार्यक्रम रहेको स्थानीय व्यवस्थापक कृष्णप्रसाद शर्माले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports