विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी तथा फिजियोले पाउनुपर्ने उचित रकम नपाएको भन्दै क्यानलाई पत्र पठाएर ध्यानाकर्षण गरे

1.05K
shares

काठमाडौं । नेपाल टी–२० लिग खेलेका काठमाडौं नाइट्सका खेलाडी तथा फिजियोले अहिलेसम्म पनि पारिश्रमिक नपाएको भन्दै नेपाल क्रिकेट संघ क्यानको ध्यानाकर्षण गराएका छन् । काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले खेलाडी तथा फिजियोले पाउनुपर्ने उचित रकम नपाएको भन्दै क्यानलाई पत्र पठाएर ध्यानाकर्षण गरेका हुन् ।

उनले पत्रमा खेलाडी र टिमले पाउनुपर्ने रकम निकासा गर्न क्यानले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे पनि अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नआएको र कुनै पनि प्रक्रिया अगाडि नबढेकोले क्यानको ध्यानाकर्षण गरेको बताएका छन् । उनले आफूहरुले पाउनु पर्ने रकम निकासका बारेमा क्यानबाट कुनै पहल नभएमा आवश्यक कदम चाल्ने चेतावनी पनि दिएका छन् । क्यानले भने खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने प्रक्रियामा नै रहेको बताएको छ ।

क्यानका कार्यवहाक सचिव दुर्गा पाठकले अनलाइनखबरसँग भने, ‘क्यान व्यक्ति होइन, संस्था हो । तत्कालीन समितिले खेलाडीलाई पारिश्रमिक उपलब्ध गराउने जिम्मेवारी लिएको हो, हामी सक्दो छिटो खेलाडीलाई पैसा उपलब्ध गराउने प्रक्रियामा छौं ।’ गत पुसमा भएको लिगको कमर्सियल र स्ट्राटेजिक राइट्स क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो । तर प्रतियोगिता विवादमा परेपछि सेभेन थ्री स्पोर्ट्सका जतिन अहलुवालिया भारत भागेका थिए ।सेभेन थ्रीले नदिए आफूले पुरस्कार र पारिश्रमिक दिने प्रतिबद्धता नेपाल क्रिकेट संघ क्यानले गरेको थियो र प्रतियोगिता सम्पन्न भएको थियो ।

‘हामी कानुनी प्रक्रियामा छौं, व्यक्तिबाट धोका भए पनि संस्था कतै भाग्दैन । हामी सबै खेलाडीले पाउनुपर्ने रकम निकासा गर्नेछौं’, पाठकले भने । प्रतियोगिता सहभागी ६ मध्ये २ टिमका खेलाडीले पारिश्रमिक पाएका छैनन् । लुम्बिनी अलस्टार्ससहित, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र विराटनगर सुपर किङ्सले नेपाली खेलाडीलाई पारिश्रमिक दिएको भए पनि काठमाडौं नाइट्स र फारवेष्ट युनाइटेडले नेपाली खेलाडीलाई ५० प्रतिशत पारिश्रमिक दिन बाँकी छ ।यी टिमले श्रमस्वीकृती लगायतका कारण देखाउँदै विदेशी खेलाडीलाई रकम दिएका छैनन् । नेपाल टी–२० लिग क्रिकेटको उपाधि विजेता लुम्बिनी अलस्टार्सले पनि अझै पुरस्कार रकम नपाएको गुनासो गर्दै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports