प्रधानमन्त्री प्रचण्डले सात दलको बैठक बोलाए
वि.सं.२०८० असोज १४ आइतवार १०:१८
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सात दलको बैठक बोलाएका छन् ।
आइतबार बिहान ११ बालुवाटारमा बस्ने गरी सात दलको बैठक बोलाएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलहरू सहभागी हुनेछन् । सात दलको बैठकमा सदन सञ्चालन, सुन तस्करीको छानबिन लगायतमा छलफल हुने बुझिएको छ ।




































