सडक, सदन र समाचारमा हेर्ने हो भने रास्वपा, सभापति रवि लामिछाने र बालेन्द्र...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मुस्लिम आयोगमा सिफारिस अन्सारीमाथि छानविन हुने

572
shares

मुस्लिम आयोगको अध्यक्षमा सिफारिस भएका समिम अन्सारीमाथि छानविन हुने भएको छ । उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेपछि संवैधानिक परिषद्ले उनको नागरिकता र शैक्षिक प्रमाणपत्रको छानविन गर्ने भएको छ ।

मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र र पार्टी सदस्यताबारे छानबिन गर्ने निर्णय गरेको हो। अन्सारीविरूद्ध समितिमा चार वटा उजुरी परेका थिए। समितिले मंगलबार उजुरीकर्तालाई छलफलका लागि बोलाएको थियो।

उजुरीकर्ताको कुरा सुनेपछि सांसदहरू अमृता थापा मगर र पूर्णकुमारी सुवेदी र राजेन्द्र श्रेष्ठले अन्सारीका कागजात छानबिन गर्नुपर्ने माग गरेका थिए।

समिति सदस्य योगेश भट्टराईले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अन्सारीको नागरिकता, निर्वाचन आयोगबाट उनी नेकपाको सदस्य रहे÷नरहेको कागजात र संवैधानिक परिषदबाट उनका शैक्षिक प्रमाणपत्र झिकाउन प्रस्ताव गरेका थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको उक्त बैठकले सांसद भट्टराईको प्रस्तावअनुसार अन्सारीका प्रमाणपत्र झिकाउने निर्णय गरेको हो।

काठमाडौं महानगरपालिका–९ का स्थायी बसिन्दा अन्सारी पहिला मधेश केन्द्रीत दल राजपामा नेता थिए। गत वर्षको स्थानीय चुनावअघि उनी तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए।

कुनै दलको सदस्यता भएको व्यक्तिलाई संवैधानिक आयोगको अध्यक्ष सिफारिश गर्न नमिल्ने संवैधानिक व्यवस्था छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports