सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विश्वकप छनोट एसिया छनोटमा मलेसियामाथि नेपालको सानदार जित

494
shares

आसन्न टि–२० र एकदिवसीय महिला विश्वकपको एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबारबाट थाइल्यान्डमा सुरु भएको विश्वकपको एसिया छनोटमा नेपालले मलेसियालाई ३४ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

थाइल्यान्डस्थित ट्रेडथाई क्रिकेट मैदानमा मंगलबार बिहान भएको खेल टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले मलेसियालाई १२७ रनको लक्ष्य दिएको थियो । १२७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७ रन मात्र बनाउन सक्यो र ३४ नरले पराजित भयो ।

मलेसियाका लागि क्रिस्टिना बारेटले सर्वाधिक २१ रन बनाइन भने कप्तान विनिफ्रेड दुराइसिंगमले १८ तथा साशा अज्मीले १६ रन बनाउनु बाहेक कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन् । नेपालका करुणा भण्डारी र सरिता मगरले समान २ विकेट लिए भने सिता रानामगर र कविता कुँवरले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२६ रन बनायो । नेपालका लागि सरिता रानामगरले सर्वाधिक ४२ रन बनाइन् भने कप्तान रुविना क्षेत्रीले नटआउट ३३ रनको योगदान दिइन् ।

४० बल खेलेकी सरिताले २ चौका प्रहार गरिन् भने रुविनाले २५ बल खेल्दै ३ चौका प्रहार गरिन् । यस्तै काजल श्रेष्ठले १६, इन्दू बर्माले १३ रन बनाइन भने नेरी थापा ६ रन बनाएर आउट भइन् । मलेसियाका लागि दुराइसिंगम, साशा अज्मी र जुमिका अज्मीले समान १–१ विकेट लिए ।

प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल बिहीबार आयोजक थाइल्यान्डसँग खेल्ने छ । खेल बिहान ८ः४५ बजे सुरु हुने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports