विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भैँसीको पुजा गर्नेले नै भैँसीको मासु निर्यात गर्ने रे ?

520
shares

 

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल भाद्र ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै अमेरिका गएका थिए । महासभालाई सम्बोधन गरेपछि असोज ५ गते अमेरिकाबाटै उनी सप्ताहव्यापी चीन भ्रमणमा पुगे । प्रधानमन्त्री दाहालले चीन भ्रमणको बेला केही महत्वपूर्ण सहमति हुने संसदलाई बताएका थिए । तर प्रधानमन्त्री दाहालको चीन भ्रमण उपलब्धिमूलक हुन सकेन ।
केही झिना मसिना कुराहरुमा सहमति र समझदारी भएपनि ठोस सहमति हुन सकेन । सहमति भएका कतिपय बुँदाहरु पहिला नै सहमति भएका र कुही बुँदाहरुमा उल्लेख गरिएका विषयहरु पहिला नै कार्यान्वयनमा आइसकेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणको उपलब्धी भनेको नेपालबाट भैसीको मासु चीन नियार्त गर्ने हो भन्ने नै हो ।
प्रधानमन्त्री दाहालले केही वर्ष पहिला धरान पुगेर भैसीको पुजा गरेका थिए । अहिले चीन भ्रमणको बेला उनले त्यही भैँसीको मासु चीन निर्यात गर्ने सहमति गरेका छन् ।
भैँसीको पुजा गरेपछि उनी प्रधानमन्त्री बनेका थिए भने अब भैसीको मासु चीनमा नियार्त गर्ने सहमति गरेर स्वदेश फर्किएका हुनाले त्यही भैसीले सरापेर उनी पदमुक्त हुन सक्ने प्रबल सम्भावना रहेको छ । मुलुक यतिबेला संकटको संघारमा उभिएको छ ।
प्रधानमन्त्री दाहालकै भनाईका कारण मुलुकमा जातीय दंगा हुन सक्छ । आफ्नो सत्ता स्वार्थका लागि उनी जे बोल्न पनि पछि पर्देनन् । केही समय पहिला आफ्नो पार्टीलाई बहुमत दिएको खण्डमा जातीय राज्य दिन्छु भनेर सार्वजनिक रुपमै उद्घोष गरेका थिए । त्यही उद्घोषले गर्दा कोशीप्रदेशमा जातीय दंगा फैलिएको छ ।
जातीय राज्य दिने अधिकार प्रधानमन्त्री दाहाललाई कसले दियो ? संविधानले बन्देज लगाएका कुराहरुमा बोल्ने र आफै सरकार प्रमुखमा बस्ने दोधारे चरित्रले गर्दा दाहालको चीन भ्रमण पनि फास्सफुस्स भएको छ ।
मुलुक संकटतिर उन्मुख हुनुको कारण प्रधानमन्त्री दाहाल नै भएकाले गर्दा अब ढिलो नगरी नेपाली कांग्रेसले दाहाललाई दिएको समर्थन फिर्ता लिएर नेकपा एमालेको सहयोग र समर्थनमा आफ्नै नेतृत्वको सरकार निर्माण गरेर मुलुकलाई संकटबाट बचाउनुपर्दछ । यदि कांग्रेस दाहालकै भरिया भै रहने हो भने मुलुकमा उत्पन्न हुन सक्ने संकटको जिम्मेवारी कांग्रेसले समेत लिनुपर्दछ । जनता महंगी असुरक्षाको मारमा परिरहेका बेला लोकतान्त्रिक पार्टी हौँ भन्ने कांग्रेसले अब व्यक्तिगत स्वार्थलाई त्यागेर मुलुकको हितको लागि अघि बढ्नु उसको कर्तव्य समेत हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports