नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

असोज २७ गते शनिवार संयुक्त राष्ट्रसंघका महासचिवले संसदको संयुक्त सभालाई सम्बोधन गर्ने तयारी

611
shares

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेशले संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन् । यही असोज २६ गतेदेखि २९ गतेसम्म नेपाल भ्रमणमा आउन लागेका महासचिव गुटरेशले असोज २७ गते शनिवार संयुक्त सदनलाई सम्बोधन गर्नेगरी कार्यक्रम बनाइएको हो । सरकारले आन्तरिक रूपमा यसबारे तयारी गरे पनि भ्रमणको कार्यक्रम सार्वजनिक गरिएको छैन भने यसबारे संसद सचिवालयलाई औपचारिक पत्र पनि पठाइसकेको छैन ।

सत्ता गठबन्धन दल माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले महासचिव गुटरेशले असोज २७ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनलाई सम्बोधन गर्ने तयारी रहेको बताए ।यता संघीय संसदका प्रवक्ता एकराम गिरीले संयुक्त राष्ट्रसंघका महासचिवले संसदमा सम्बोधन गर्ने भन्ने कुरा आफूले पनि अनौपचारिक रूपमा सुनेको तर सचिवालयलाई सरकारका तर्फबाट औपचारिक पत्र भने अहिलेसम्म प्राप्त नभएको बताए ।उनले भने,‘प्रतिनिधि सभा नियमावलीको नियम २५१ मा विदेशी राष्ट्रको प्रमुख, सरकार प्रमुख, सभामुख, अध्यक्ष वा संयुक्त राष्ट्रसंघका महासचिवले संसद बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ । त्यसका लागि नेपाल सरकारले संसदलाई अनुरोध गरेमा सभामुख तथा अध्यक्षको अनुमतिमा सभामा सम्बोधन गर्न सकिने व्यवस्था छ । राष्ट्रसंघका महासचिवले संसदमा संवोधन गर्ने कुरा अनौपचारिक रूपमा सुने पनि यसबारे समितिमा औपचारिक पत्र वा जानकारी प्राप्त भएको छैन ।’

केही साताअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा महासचिव गुटरेश नेपाल भ्रमणमा आउन लागेका हुन् । यद्यपि इजरायल र प्यालेष्टाइनबीचको युद्ध थप खराब अवस्थामा पुगेमा उनको भ्रमण रद्द हुने सम्भावनापनि उक्तिकै रहेको सरकारी अधिकारीहरू बताउँछन् । उनको पूर्वनिर्धारित भ्रमण कार्यक्रम परिवर्तन नभए पोखरा, लुम्बिनी लगायतका क्षेत्रमा पनि महासचिव गुटरेशले भ्रमण गर्नेछन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports