नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग कोशी प्रदेशमा सरकार गठनका लागि सहयोग मागे

611
shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग कोशी प्रदेशमा सरकार गठनका लागि सहयोग मागेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दुई नेताबीच भएको भेटमा प्रधानमन्त्री दाहालले सो प्रस्ताव राखेका हुन् ।

प्रधानमन्त्रीसँगको भेटपछि  कुरा गर्दै लिङ्देनले भने, ‘म आफ्नै काम लिएर गएको थिएँ । तर, त्यहाँ पुगेपछि कोशी प्रदेशको सरकारको विषयमा कुरा उठ्ने नै भयो । प्रधानमन्त्रीज्यूले अब के गर्ने भनेर सोध्नुभयो । सहयोग गर्नुपर्‍यो भनेर भन्नुभयो ।’प्रधानमन्त्रीले सरकार गठनमा सहयोग गर्न अनौपचारिक प्रस्ताव राखेपछि यसबारे ठोस सहमति भने बनिसकेको लिङ्देनले स्पष्ट पारे । ‘अहिले गठबन्धन पक्षकै सरकार बन्नलाई अकंगणित पर्याप्त छ । ४७ सांसद पुगिहाल्छ,’ उनले भने, ‘तर गठबन्धनभित्र नै कसलाई अगाडि बढाउने भन्नेमा एक मत देखिएको छैन । उहाँहरू यस विषयमा प्रष्ट भएपछि मात्र हामी हाम्रो धारणा बनाउँछौँ ।’

कसलाई अगाडि सार्ने विषयमा गठबन्धनबाट निर्णय भएपछि मुख्यमन्त्री बन्न इच्छा गर्ने व्यक्तिले कस्तो प्रस्ताव ल्याउँछ, त्यसैको आधारमा आफ्नो पार्टी अघि बढ्ने उनले जिकिर गरे । आफ्नो पार्टी अहिले नै हतार गर्ने पक्षमा नरहेको उनको भनाई छ । लिङ्देनले भने, ‘सहकार्यका लागि सबै ढोका खुला छ । तर, जो अगाडि सार्ने हो, इच्छा गर्नेले कुरा ल्याउनुपर्‍यो । किन सघाउनु पर्ने खुलाउनुपर्‍यो । हामी सरकार बनाउन उत्सुक भएर जाने योजनामा छैनौँ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports