linktrix Long Ad
Salt Trading Long Ad

एकदिवसीय क्रिकेट विश्व कप: आज अस्ट्रेलिया र श्रीलंका बीच खेल हुदै, दुवै टिम पहिलो जितको खोजिमा

663
shares

एकदिवसीय विश्वकप क्रिकेटमा सोमबार अस्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। लखनउको अटल बिहारी वाजपेयी स्टेडियम (इकाना) मा हुने खेल आज दिउँसो २:१५ बजे देखि सुरु हुने छ। दुबै टिमको यो जारी विश्वकपमा तेस्रो खेल हो। पाँच पटकको च्याम्पियन अस्ट्रेलिया जारी विश्वकपमा ऐतिहासिक रूपमा खराब फर्मबाट गुज्रिदा श्रीलंका पनि प्रतियोगितामा जितविहीन रहेको छ।

त्यसैले दुबै टिम प्रतियोगिताको तेस्रो खेलमा पहिलो जितको प्रयासमा मैदानमा उत्रिने छन्। अस्ट्रेलियाले पहिलो खेलमा भारत र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग हार भोग्दा श्रीलंका भने न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो। अस्ट्रेलिया र श्रीलंकाबीच अहिलेसम्म कुल १०३ एकदिवसीय खेल भएका छन्। जसमा अस्ट्रेलियाले ६३ र श्रीलंकाले ३६ खेल जिते। प्रतियोगितामा ४ खेल भने नतिजाविहीन बनेका थिए।

एकदिवसीय विश्वकपमा भने दुई टिमबीच १० पटक प्रतिस्पर्धा भएको छ। जसमा ८ पटक अस्ट्रेलियाले बाजी मार्दा श्रीलंका एक पटक मात्र विजयी भएको छ। एक खेल नतिजाविहीन भएको थियो। अस्ट्रेलियाले पछिल्ला ५ मध्ये ४ खेल गुमाउँदा श्रीलंकाले पनि पछिल्ला ५ मध्ये ४ खेल गुमाएको छ। दुबै टिम विश्वकपमा आफ्नो लय समाउने प्रयासमा रहँदा खेल रोमाञ्चक हुने आकलन गरिएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports