सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हिन्दूराष्ट्र स्थापनाका लागि राप्रपाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

429
shares

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले मुुलुकलाई हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका माग राखी प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञापन पत्रमा धर्म निरपेक्षताको तत्काल खारेजी गर्न र राजसंस्थासहितको प्रजातन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन आयोजना गर्न पनि सरकारसँग माग गरिएको छ।

हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने लगायतमा माग राखी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको पार्टीका अध्यक्ष कमल थापाले जानकारी दिए। राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रजातन्त्र दिवसको अवसर पारेर मुलुकमा हिन्दु राष्ट्र कायमै गर्न सरकारलाई दवाव दिनभन्दै मंगलबारबाटै जनसंघर्षका कार्यक्रम पनि घोषणा गरेको छ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले सो ज्ञापन पत्र बुझ्दै राष्ट्रिय स्वार्थमा केन्द्रित भएर अघि बढ्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेका थिए। उनले दलीय स्वार्थभन्दा माथि उठेर मुलुकको हितमा केन्द्रित हुने सबै गतिविधिलाई सरकारले साथ दिने पनि बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports