विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भूकम्पका कारणले नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पर सर्यो

624
shares

काठमाडौं । भूकम्पका कारणले नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पर सरेको छ । मंसिर १३ देखि १५ सम्म गर्ने गरि केन्द्रीय समितिले गरेको निर्णयलाई कार्यसम्पादन समितिले संशोधन गरेको छ । सभापति शेरबहादुर देउवा निवासमा आइतबार विहान बसेको कार्यसम्पादन समितिले मंसिर २९ देखि पुुस २ गतेसम्म गर्ने गरि महा समिति बैठकको मिति तोकेको छ ।

भूकम्पले निम्त्याएको संकट र पूर्व निर्धारित समयमा हल प्राप्त नभएकाले बैठक सार्नु परेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए । ‘औपचारिक कार्यक्रमहरु तिहारअघि नगर्ने भनिसकेपछि महासमितिसँग जोडिएका थुप्रै कामहरु प्रभावित हुने भयो,’ विश्वकर्माले भने,‘हल प्राप्त गर्न प्राविधिक कठिनाई देखियो ।’ महासमिति बैठकका प्रतिनिधि चयन बाहेकका पार्टीका औपचारिक कार्यक्रम तिहार अघि नगर्न पार्टीले शनिबार मातहतका संरचनामा सर्कुलर गरेको थियो । पार्टी नेताहरुका अनुसार महासमितिका लागि तिन ठाउँलाई प्राथमिकतामा राखेर हल खोजिएको थियो ।

भृकुटीमण्डप, यलम्बर पार्टी प्यालेस र गोदावरी सनराइज सम्मेलन केन्द्र मध्ये एक स्थानमा बैठक गर्न सकिने गरि पार्टीमा छलफल भइरहेको थियो । सभापति शेरबहादुर देउवा भृकुटीमण्डपमा महासमिति बैठक राख्ने पक्षमा थिए । उक्त स्थान २५ कात्तिकसम्म बुकिङ भइसकेकाले उपलब्ध हुन सकेन । महासमिति बैठकमा लागि पूर्व निर्धारित समयमा सबै स्थानको बुकिङ भइसकेकाले हल प्राप्त नभएको पार्टीभित्र जानकारी गराइएको थियो । नीति प्रतिवेदन तयार गर्ने प्रमुख व्यक्ति उपसभापति पूर्णबहादुर खड्का भूकम्पपीडित जिल्लाहरुमा खटिन परेकाले पनि महासमिति बैठक पर सार्नु परेको नेताहरुलाई बताएका छन् ।

सरकारका उपप्रधानमन्त्री समेत रहेका खड्काको गृह प्रदेशका जिल्ला ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ । कर्णालीका दुई जिल्ला जाजरकोट र रुकुम पश्चिम भूकम्पले सर्वाधिक प्रभावित बनेको छ । नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख उपसभापति हुने विधानको व्यवस्था अनुसार नीति प्रतिवेदन पेश गर्ने अधिकार खड्कालाई छ । १३ गतेदेखि महासमिति बैठक सुरु गर्न मंसिर पहिलो सातामा केन्द्रीय समिति बैठक बस्नुपर्ने तर त्यस समयमा केन्द्रीय समिति बैठक आव्हान सम्भव भएन । ‘महासमितिमा पेश गर्ने प्रतिवेदन केन्द्रीय समितिबाट पारित गर्नुपर्छ । मंसिर ७/८ मा केन्द्रीय समिति बस्न उपसभापतिको व्यस्तताले सम्भव हुने देखिएन,’ महामन्त्री गगन थापाले अनलाइनखबरसँग भने, ‘तिहार अघि पार्टीका अरु गतिविधि केही पनि नगर्ने पार्टीको निर्णय पनि गरेको छ ।’ व्यावहारिक तरिकाले पनि केन्द्रीय समिति मंसिर पहिलो साता बस्न नसक्ने तथा भूकम्प पिडितका लागि खटिन पर्ने भएकाले बैठक सार्नुपरेको महामन्त्री थापाले बताए ।

महासमिति बैठकमा करिब २५ सय प्रतिनिधि सहभागी हुनेछन् । गोदावरी सम्मेलन केन्द्रको क्षमता तिन हजार बढी रहेको छ । प्रतिनिधिहरुको संख्या धेरै हुने भएकाले काठमाडौंका अन्य हल तथा पार्टी प्यालेसले बैठकका प्रतिनिधि धान्न नसक्ने अवस्था छ । निर्वाचन समितिका अनसार १४३ क्षेत्रबाट प्रतिनिधि चयन भइसकेका छन् । २३ कात्तिकभित्र बाँकी रहेका क्षेत्रबाट पनि प्रतिनिधि छनोट गर्न सर्कुलर गरिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बाँकी रहेका २२ निर्वाचन क्षेत्रमा आधाजसोमा प्रतिनिधि छनोटको क्रममा रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports