विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारतले दक्षिण अफ्रिकालाई जितका लागि तीन सय २७ रनको लक्ष्य दियो,

663
shares

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको आइतबार खेलिएको खेलमा भारतले बलियो दक्षिण अफ्रिकालाई जितका लागि तीन सय २७ रनको लक्ष्य दिएको छ । कोलकाता स्थित इडेन गार्डेन स्टेडियममा टस जिती पहिले ब्याटिङको निणर्य लिएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय २६ रन बनाएको हो ।

भारतका लागि अनुभवी ब्याट्सम्यान विराट कोहलीले एक सय २१ बलको सामना गरी अविजित एक सय एक रनको योगदान गरे । भारतीय टोलीका पूर्वकप्तान समेत रहेका कोहलीले निकै समालिएर ब्याटिङ गरेका थिए । यसअघि विराटले दक्षिण अफ्रिका विरुद्धको खेलमा एक सय १९ बलको सामना गरी सतक पुरा गरेका थिए । यस क्रममा उनले १० वटा चौका पनि हिर्काएका थिए । उनले खेलको ४८.३ ओभरमा कागिसो राबडाको बलमा सतक पुरा गरेका थिए ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको खेल जीवनको कीर्तिमानी सतक पनि हो । यही सतकसँगै उनले आफ्नै राष्ट्रका महान खेलाडी सचिन तेन्दुल्करको कीर्तिमान सँग बराबरी गरेका छन् । कोहलीले एकदिवसीय क्रिकेटमा प्रहार गरेको यो ४९औँ सतक हो । सचिनले पनि सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक प्रहार गरेका थिए । अब कोहलीले यही विश्वकपमा अर्को सतक प्रहार गर्दै सचिनको कीर्तिमान तोड्ने सम्भावना पनि बढेको छ ।

विराटका अतिरिक्त भारतका लागि चौथो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयरले पनि उत्कृष्ट अर्धसतकीय योगदान गरे । उनले टोलीको खातामा ७७ रन थपे । उनले पेभेलियन फर्किनुअघि ८७ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काएका थिए । भारतका लागि कप्तान रोहित शर्माले पनि आक्रामक पाली खेल्दै ४० रन बनाए । उनले केवल २४ बलमा दुई छक्का र ६ चौका प्रहार गरेका थिए । अर्का ओपनर शुभमन गिल भने २३ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports