माधव नेपाल सहित १५ नेताको टोली आज चीन भ्रमणमा जाँदै
वि.सं.२०८० कात्तिक २१ मंगलवार ०८:४९
shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहित १५ नेताको टोली आज चीन भ्रमणमा जाँदै छ ।
पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष नेपाल सहितको टोली चीन भ्रमणमा जान लागेका हुन् ।दुई देश बीचको कम्युनिस्ट पार्टीको सम्बन्ध अझ सुदृढ बनाउन भ्रमणमा जान लागेको खतिवडाले बताए ।



































