सैनिकलाई ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म आवास कर्जा
वि.सं.२०७८ कात्तिक २२ सोमवार २०:१२
shares

काठमाडौं । नेपाली सेनाले वहालवाला सकलदर्जालाई २५ लाखसम्म सहुलीयतपूर्ण कर्जाको व्यवस्था गरेको छ । सेवा अवधि १० वर्ष पूरा गरेका र श्रीमानरश्रीमती दुवैको नाममा घर नभएका वहालवाला सैनिक अधिकारीहरुले २५ लाखसम्म अवास कर्जा पाउने व्यवस्था गरेको हो ।
जंगी अड्डामा आयोजित कार्यक्रममा सोमबार नेपाली सेना, राष्ट्रिय बाणिज्य बैंक र राष्ट्रिय विमा समितिका अधिकारीले ‘सैनिक सकलदर्जा सहुलीयतपूर्ण आवास कर्जा–२०७८’मा हस्ताक्षर गरेर यसको कार्यान्वायन अघि बढाएका छन् ।
नेपाली सेनाका अधिकारीहरुले अब तोकिएको मापदण्ड पूरा गरी राष्ट्रिय बाणिज्य बैंकबाट ३ दशमलब ३२ प्रतिशत व्याजदरमा आवास कर्जा लिन पाउनेछन् । यसमा थप ब्याज सैनिक कल्याणकारी कोषले भुक्तान गर्नेछ । तलबबाट किस्ता कट्टी हुने गरी यस्तो कर्जा दिन लागिएको हो ।
































