सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रेग्मीसँग सरकारले सोध्यो तीन दिने लिखित स्पष्टीकरण

624
shares

 

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डका सीईओ डा. धनन्जय रेग्मीसँग लिखित स्पष्टीकरण माग गरेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सीईओ रेग्मीलाई मन्त्रालयमा बोलाएर शनिबार भन्सारका कर्मचारीसँग भएको विवादका सम्बन्धमा जानकारी लिएका थिए । त्यसपछि नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष तथा मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले लिखित स्पष्टिकरण माग गरेका हुन् । उनलाई तीन दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनिएको छ ।

लण्डनबाट काठमाडौं आउने क्रममा शनिबार भन्सार विभागका कर्मचारीसँगको लफडामा मुछिएपछि सीईओ रेग्मीसँग पर्यटन मन्त्री आलेले यस विषयमा के भएको हो भनी जानकारी लिएका थिए । यो यात्रामा मन्त्री आलेसमेत सँगै थिए । सीईओ रेग्मीले शनिबार घटना भएको  स्वीकार गरेका थिए । यद्दपि आफूले कर्मचारीलाई हात उठाएको विषय भने सत्य नभएको उनको दावी छ ।

मन्त्रालयले दुर्व्यवहार भएको भनिएका भन्सारका कर्मचारीसँग समेत टेलिफोनबाट घटनाबारे जानकारी लिएको छ ।कर्मचारीसँग भएको सामान्य भनाभनलाई हात हालेको भन्दै उचालिएको र सीईओले मापसे सेवन गरेको विषय समेत झुट रहेको बोर्डको दावी छ ।यसैबीच बोर्डले भने एक विज्ञप्ति जारी गर्दै सामान्य घटनालाई उचालेर ठूलो बनाइएको भन्दै आपत्ति प्रकट गरेको छ ।

बोर्डको स्पष्टीकरण :

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports